जात्रा-पर्व

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

इकागज | मंसिर ३, २०८०

काठमाडौँ - देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । 

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । 

विराटनगरमा छठका लागि किनमेल गर्नेहरूको भिड (फोटो फिचर)

बाबुराम भण्डारी | मंसिर २, २०८०

विराटनगर- पछिल्ला वर्षहरूमा पहाडलाई समेत जोड्दै लगेको हिन्दु धर्मावलम्बीहरूको पर्व छठको दोस्रो दिन आज खरन...