जात्रा-पर्व

उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ सकियो

सुभाष कर्ण | मंसिर ४, २०८०

जनकपुरधाम- आराध्यदेव सूर्यको उपासना गररेसहितको  छठ आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।

जनकपुरधामका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि  जनकपुरधामस्थित पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।  जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरू सरसफाई गरि नवदुल्ही झैँ सजाइएको थियो ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गरिएको थियो ।

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन भएको हो ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरू चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ३६ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।


 

विराटनगरका पूर्वमेयर भीमले दण्डप्रणाम गर्दै छठी माताको आराधना गर्ने

इकागज | मंसिर ३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले १९औं पटक दण्ड...