स्थानीय तह निर्वाचन २०७९

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी विजयी

इकागज | जेठ ६, २०७९

काठमाडौं–गोरखाको चुमनुव्री गाउँपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी विजयी भएको छ । मेयर पदमा माओवादीका उम्मेदवार निमा लामा विजयी भएका हुन् । उनले १ हजार ६ सय २४ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका धनबहादुर गुरुङले १ हजार ३ सय ११ मत ल्याए ।

यस्तै उपमेयरमा पनि माओवादीकी लक्ष्मी गुरुङ विजयी भइन् । उनले १ हजार ५ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३ सय ७ मत प्राप्त गरिन् ।
 

सभापति देउवाले टिकट खोसेका कांग्रेसका बागीले स्वतन्त्रबाटै जिते मेयर

इकागज | जेठ ६, २०७९

काठमाडौं–बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारले ज...

काठमाडाैँ महानगरकाे ताजा मत परिणाम सार्वजनिक : बालेन झन्डै दाेब्बर मतले अगाडि

इकागज | जेठ ६, २०७९

काठमाडाैं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार...