स्थानीय तह निर्वाचन २०७९

निर्वतमान अध्यक्ष र उपाध्यक्ष हराउँदै रूपनीमा लोसपा विजयी

इकागज | जेठ ८, २०७९

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । 

अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।

यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।

पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्...

के अब काठमाडौंमा  केशव र सिर्जनामध्ये काे दाेस्राे हुने भन्ने लडाईं सुरु भएकाे हाे ?

इकागज | जेठ ८, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको १ लाख २४ हजार २ सय ५ मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उ...