शिक्षा

दश नेपाली विद्यार्थीले लिए बेलायती शिक्षाको अनुभव

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ – सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले कोभेन्ट्री इमर्सन कार्यक्रममा नेपाली विद्यार्थीहरूलाई भाग लिने अवसर प्रदान गरेकाे छ ।

कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा प्रत्येक वर्ष आयाेजना गरिने उक्त कार्यक्रममा यस वर्ष १० जना नेपालीले भाग लिने अवसर पाएकाे आयाेजकले बताए । 

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको समेत आयाेजकले जनाए । 

यसै बीच विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमणका साथै विभिन्न गतिविधिमा भाग लिने मौका समेतपाएकाे आयाेजकले बताए । 

साथै, सफ्टवारिका कलेजको व्यवस्थापन टोलीको पनि  सक्रिय सहभागिता रहेकाे आयाेजकले बताए । 

यस भ्रमणको क्रममा, विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरू जस्तैः लन्डनको रोचक शहरहरू र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरू घुम्ने मौका पाएकाे समेत आयाेजकले जानकारी गराएका छन् ।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरूको बुद्धि विकासको लागि निकै महत्त्वपूर्ण रहेको र यस कार्यक्रममा सहभागी लिएको विद्यार्थीहरूकाे प्रस्तुतीकरण सीप र पारस्परिक सिकाइ सीप भएको कुरामा जोड दिए ।

कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च समेत उपलब्ध गराएका थिए।

 

त्रिविमा उपकुलपति रिक्त

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल आजदेखि समाप्त भ...

मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसंगै शैक्षिक कार्यक्रम

प्रकाश सिलवाल | कात्तिक १६, २०८०

चित्लाङ (मकवानपुर)- कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै प...

हत्यारालाई कारबाही माग गर्दै एनप्याब्सनले भोलि निजी विद्यालय बन्द गर्ने

इकागज | कात्तिक १३, २०८०

बारा - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश...

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीः लाखौँको उपकरणमा माकुराको जालो र धुलाम्मे

इकागज | कात्तिक ६, २०८०

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्य...

बझाङ भूकम्पबाट शिक्षा र स्वास्थ्यमा भएको क्षति पहिल्याइ पुनःनिर्माण गर्न सरकारलाई निर्देशन

इकागज | असोज ३०, २०८०

काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा एवं सिटिइभिटी...

नुवाकोटको किस्पाङ गाउँपालिकामा डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै

प्रकाश सिलवाल | असोज २८, २०८०

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोप...

प्रधानाध्यापक भण्डारीले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

इकागज | असोज २८, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बे...

बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि विद्यालयद्वारा साइकल वितरण

इकागज | असोज २५, २०८०

मकवानपुर- मकवानपुरको एक विद्यालयले विद्यार्थीलाई नियमित गराउन साइकल वितरण गरेकाे छ । मनहरी गाउँ...