कोभिड-१९

थप ८ सय ५२ मा कोभिड संक्रमण

इकागज | भदौ १, २०७९

काठमाडौँ - नेपालमा थप ८ सय ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परीक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ एन्टिजेन परीक्षणका क्रममा ३ सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय २८ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

कोभिड संक्रमणका कारण एकैदिन पाँचको मृत्यु, थपिए ८१५ संक्रमित

इकागज | साउन २६, २०७९

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनु...