कोभिड-१९

थप १६ जनामा कोभिड संक्रमण

इकागज | कात्तिक ८, २०७९

काठमाडौँ- नेपालमा मंगलबार थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४४८ पिसिआर परीक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।