अदालत

कानुनविद्को गुनासो: सर्वोच्च अदालत अझै परिवर्तन हुन सकेन

इकागज | चैत ४, २०८०

भक्तपुर - देशमा राजतन्त्र ढलेर गणतन्त्र आउँदासमेत सर्वोच्च अदालत अझै परिवर्तन हुन नसकेको भन्दै कानुनविद्हरूले नेपालको न्याय प्रक्रिया लथालिङ्ग, भताभुङ्ग भएको धारणा राखेका छन् ।श

शनिबार सामाजिक न्याय प्राज्ञिक निकेतनले भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजना गरेको ‘वर्तमान न्याय प्रणालीमा सामाजिक न्याय र कानुन व्यवसायीहरूको भूमिका’ विषयक एक दिवसीय कार्यशालामा सहभागी कानुनविद्ले यस्तो गुनासो गरेका हुन् ।

त्यस अवसरमा वरिष्ठ अधिवक्ता तथा काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्राध्यापक प्रा डा युवराज सङ्ग्रौलाले अदालतको पुनःसंरचना जरुरी रहेको उल्लेख गर्दै अदालतले छिटो र अपवादबाहेक निष्पक्ष न्याय दिन नसकेको बताए । 

अदालतको पुनःसंरचनाको खाका प्रस्तुत गर्दै पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका सङ्ग्रौलाले भने, “छिट्टो र निष्पक्ष न्याय निरुपणका लागि अदालतको पुनःसंरचना जरुरी छ । केन्द्रमा संवैधानिक इजलास, सातवटा प्रदेशमा सर्वोच्च अदालतका इजलास, जिल्ला अदालत र सात सय ५३ वटा स्थानीय तहमा देवानी इलाका र फौजदारी इलाका अदालत हुनुपर्छ । अधिवक्ताहरूको स्तर वृद्धि जानु पर्छ ।”

नेपाल बार एशोसिएसनको निर्वाचन महङ्गो र भ्रष्ट भइसकेको भन्दै उहाँले नेपाल बारको संरचनासमेत बदल्न जरुरी रहेको औँल्याए । अहिले सर्वोच्च अदालतका महङ्गा मुद्दाका मात्र नजिर लेखिने गरेको भन्दै उहाँले प्रत्येक मुद्दाका नजिर लेखिनुपर्ने बताए । गाउँगाउँमा वास्तविक पीडित र निमुखाहरू न्यायबाट बञ्चित रहेको भन्दै न्यायकर्मी र न्यायमूर्तिहरू स्थानीय तहसम्म पुगेर न्याय दिनुपर्नेमा उनले जोड दिए । 

कार्यशालामा विशेष अदालतका पूर्वअध्यक्ष प्रेमराज कार्की, वरिष्ठ अधिवक्ता बालकृष्ण देवकोटा, अधिवक्ताहरू धनञ्जय खनाल, रवीन्द्र भट्टराई, डा जयमङ्गल प्रसाद, वीरेन्द्र यादव, कृष्ण राई, भोजमान लाम्गादे, रत्न श्रेष्ठ, अमृत खरेल, विषव अधिकारीलगायतले अदालत र कानुन जनताको सुविधाका लागि भन्दा न्यायाधीश र कानुन व्यवसायी अनुकूल भएका भन्दै चिन्ता व्यक्त गरेका थिए । रासस

क्रिकेटर लामिछानेविरुद्ध मुद्दा : सरकारी पक्षद्वार पुनरावेदन

इकागज | चैत १, २०८०

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्न...

ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना दोषी ठहर

इकागज | फागुन १८, २०८०

वीरगञ्ज - मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। गलत लिख...

अरुण चौधरीको चाँदबागले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

इकागज | फागुन १८, २०८०

काठमाडौं - सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्बन्धी विवादमा अन्तरि...

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकांश प्रतिवादी पुगे सर्वोच्च

इकागज | फागुन १८, २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरू सर्वोच्च अदालत...

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | फागुन १६, २०८०

जनकपुरधाम- सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा...

ललिता निवास खाली गर्ने महानगरको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

इकागज | फागुन १४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ललिता निवास खाली गर्न दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाट...