कर्पोरेट

भाेलिदेखि एमडिएमएस पुन: कार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

इकागज | बैशाख ३१, २०८०

काठमाडौं–  जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनकार्यान्वयन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले एक सूचना प्रकाशित गरी सोबारे जानकारी गरेको हो । 

नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० वैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार  नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबारबाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो । अब विदेशबाट आउँदा एक यात्रीले  २ ओटा  मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ ।  एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे । 

नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ । व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

निजी प्रायोजनको लागि ल्याईएको मोबाईल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन/वहिग्रमन छाप देखिने राहदानीको पृष्ठ वा बोडिङ्ग पास कागजातहरु एमडिएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरिएको छ । 
 

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच विभिन्न डिजिटल च्यानल सम्बन्धी सेवा सञ्चालनको सम्झौता

इकागज | बैशाख ३०, २०८०

काठमाडौं– स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाह...

टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल र टेक स्टुडियोमा साझेदारीको घोषणा

इकागज | बैशाख २७, २०८०

काठमाडौं – टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल प्राइभेट लिमिटेड(प्रालि)  र टेक स्...

विश्व बजारमा नेपाली ब्रान्ड करेन्ट : देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत सुधारको प्रयास

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- पिरो चाउचाउको नाममा परिचित करेन्ट पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बनेको छ । नेपालभर ब...

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता

इकागज | बैशाख २६, २०८०

काठमाडौं | स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच  डेबिट कार्ड सेवा संचालनको ...