बैंक-वित्त

कर्जा विस्तार हुने गरी मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

इकागज | साउन ११, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कर्जा विस्तार बढेपछि बजार पनि केही चलायमान हुने अपेक्षा गरिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष व्यवस्थापनसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएकाले कर्जा बढ्ने बताए ।

'बैंकहरूमा रहेको पुँजीकोषको दबाबको व्यवस्थापनका लागि हामीले विभिन्न तरिका र उपकरणहरू सञ्चालन गरेका छौँ । त्यसले बैंक तथा वित्तीय संस्थालाई परेको पुँजीकोष दबाबमा केही सहजता आउनेछ,' गभर्नर अधिकारीले भने, 'बैंक वित्तीय संस्थामा तरलता पर्याप्त भएपनि उनीहरूको पुँजीकोष व्यवस्थापन गर्न नसक्दा कर्जा विस्तार गर्न सकेका थिएनन् । त्यसलाई सहज बनाउनुको अर्थ बजारमा कर्जा बढोस् भन्ने हो । चालु आवमा साढे १२ प्रतिशतको कर्जा प्रवाह हुनसक्छ भन्ने लक्ष्य हामीले राखेका छौँ ।'

मौद्रिक नीतिमार्फत चालु आवका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । त्यस्तै, सरकारबाट भुक्तानी नपाएर समस्यामा रहेको निर्माण क्षेत्रलाई सहज हुने गरी केही व्यवस्थाहरू मौद्रिक नीतिमा ल्याइएको गभर्नर अधिकारीले बताए ।

'निर्माणसँग जोडिएको क्षेत्र र सहकारी क्षेत्र समस्यामा परेपछि त्यसको बहुआयामिक असर देखिएको छ । निर्माण व्यवसायीले रकम नपाएको, रकम नपाउँदा चेक बाउन्स भएको, चेक बाउन्स हुँदा कालोसूचीमा परेको, कालोसूचीमा परेपछि बैंक खाता बन्द भएको र बैंक खाता बन्द भएपछि उनीहरूले केही काम गर्न नसकेको अवस्था थियो,' उनले भने ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि आगामी मङ्सिर मसान्तसम्म थप गर्ने, कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएका आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने, बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने, निर्माण व्यवसायीहरूको जमानत दाबी भई सृजना भएको कर्जामा चालु आवका लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जासरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नेलगायत व्यवस्था ल्याएको छ ।

त्यस्तै संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु २० करोडको सीमा खारेज गरिएको भए पनि व्यक्तिगततर्फको शेयर धितो कर्जामा रु १५ करोडको सीमा भने कायमै रहेको गभर्नर अधिकारीले स्पष्ट पारे । संस्थागत शेयर धितो कर्जाको सीमा हटाउनुका पछाडि पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

'संस्थागततर्फ शेयर धितो कर्जामा रु २० करोडको सीमा हटाउने भनेको पुँजीबजारलाई असर गर्न खोजेको होइन । हामीले बैंकबाट जाने कर्जालाई मात्र हेर्न खोजेका हौँ,' गभर्नर अधिकारीले भने । समग्र आर्थिक र वित्तीय प्रणालीलाई समस्या नपर्ने गरी सन्तुलित ढङ्गले सजगता साथ लचिलो मौद्रिक नीति आएको पनि उनको दाबी छ ।

विद्यमान अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि मौद्रिक नीतिका व्यवस्थाहरू मात्रै पर्याप्त नहुने धारणा गभर्नर अधिकारीले राखे । 'मौद्रिक नीतिले मात्रै सबै कुरा सम्बोधन गर्न खोजियो भने त्यसले थप जोखिमहरू निम्त्याउँछ । मौद्रिक नीतिले बजारमा ब्याजदरलाई स्थिरता दिने र सँगसँगै लगानीका लागि वातावरण बनाइदिने हो । विभिन्न निकाय र नीतिहरूसँग तादम्यता मिलाएर काम गर्नुपर्ने हुन्छ,' उनले भने ।

ग्लोबल आइएमई बैंकको महिला सञ्‍चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

इकागज | साउन १०, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतम...

नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित

इकागज | साउन ६, २०८१

काठमाडौँ- नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्...

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच 'नेपाल पे क्युआर' इन्टिग्रेटका लागि सम्झौता

इकागज | साउन ६, २०८१

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा.लि.बीच आइएमएसको बिलिङ्ग सफ्टवेयरमा...

नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड

इकागज | साउन १, २०८१

काठमाडौँ- नबिल बैंकले स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा &ls...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल बढुवा

इकागज | असार २९, २०८१

काठमाडौँ- माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बैंठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत...

पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा गभर्नर अधिकारीले भने- भूकम्पलाई धन्यवाद

इकागज | असार २८, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्पले गर्दा नयाँ भवन पाएको बताएका छन् । शुक्...

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

इकागज | असार २५, २०८१

काठमाडौँ- ​एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्...