बैंक-वित्त

झापाका टीकाराम नेपालकी श्रीमतीले प्रभु बैंकमा रकम नै नराखेको खुलासा

इकागज | साउन २१, २०८१

काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए।

विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको भन्दै उनले मिडियाहरूमा न्यायको अपेक्षा गरिरहेको बताएका थिए।

बैंकका अनुसार मुद्दती खातामा राखिएको भनिएको उक्त रकम नेपाल दम्पतीले अमेरिका जानुअघि बैंकमा झिक्न गएका थिए। तर, रकम झिक्न जाँदा खातामा दुई लाख रुपैयाँ मात्रै बचत देखिएको थियो।

अनुसन्धान गर्दै जाँदा नेपाल दम्पतीले प्रभु बैंकमा त्यतिको रकम राखेको नै नभेटिएको बैंकले जनाएको छ।

‘उक्त शाखा कार्यालयकी निक्षेपकर्ता मन्जु कुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको ब्यहोरा प्रारम्भिक रुपमा देखिन आएको छ,’ बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले भने, ‘यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ।’

आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाहीपछि उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लाग्ने कटवालले जनाएका छन्।

उक्त फर्जी कागजात कसले बनाएर नेपाल दम्पतीलाई दियो भन्नेबारे अनुसन्धान भइरहेको छ। उनीहरू आफैंले बनाएको हो वा कर्मचारीले बनाइदिएको हो भन्नेबारे अनुसन्धानपछि सार्वजनिक गरिने बैंकले जनाएको छ।

विर्तामोड-७ की मञ्जु नेपालको नाममा रहेको खाता नम्बर ०१२०२२७२६०७०००४२ मा ६ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखिएको दाबी नेपाल दम्पतीले गरेका थिए।

नेतीले भने आफूले रकम जम्मा गरेको बताउँदै झापा प्रहरीमा निवेदन दिएका छन्। झापा प्रहरीले बैंकसँग बुझ्दा रकम जम्मा नभएको पाइएको बताएको छ।

‘बैंकले बुझिरहेकै होला, रकम जम्मा नगरेको भनी उहाँलाई जानकारी दिएको छ, उहाँले मैले राखेकै हो भन्दै आउनुभएको छ,’ एक प्रहरी अधिकृतले भने।  

 

कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबीच सम्झौता

इकागज | साउन १७, २०८१

काठमाडौँ- कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौँस्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल के...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

इकागज | साउन १५, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क...

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

इकागज | साउन १३, २०८१

काठमाडौँ - नेपाली बैकिङ् क्षेत्रको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला&rsquo...

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

इकागज | साउन ११, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्...

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म 'बचतको सम्मान र सही लगानी' प्रस्तुत गर्दै

इकागज | साउन ११, २०८१

काठमाडौँ- लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको ...