प्रकाण्डको वडामा माओवादी विजय

वीरेन्द्रनगर- नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएको छ । प्रवक्ता विकको गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् ।
विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए । कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया