एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

सिरहा- सिरहामा निजि विद्यालयका शिक्षकको कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन् ।
जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले गरेको निर्घात कुटपिटबाट कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका-३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छोरा अभिनाश यादव घाइते भएका हुन् । शिक्षक गुप्ताले मरनासन्न हुनेगरी अभिनाशलाई कुटपिट गरेका हुन्।
कक्षा कोठामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा लागि रुम थुनेर बाँसको लाठिले निर्घात कुटपीट गरेको परिवारजनले जनाएको छ।
उनको शरिरको अधिकांश भागमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जनाए।
उनले भने, ´विद्यार्थीलाई निर्घात कुटपीट गर्ने शिक्षक सन्तोष गुप्तालाई हामिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। कुटपीटमा संलगन शिक्षकमाथि कानून बमोजिम कारवाही गरिने जनाए।´
अस्पतालले अहिले प्राम्भिक चरणको उपचार भईरहेको जनाएको छ।
कुटपिट गर्ने शिक्षकलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने माँग गर्दै विद्यार्थीका अभिभावकले शिक्षकमाथि इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको जनाइएको छ।
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया