आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो मत अपडेट

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले १० हजार २ सय ४१ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले ५ हजार ४ सय ५३ मत पाएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गरेकी छिन् ।

राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।