डडेल्धुराको अमरगढीमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

डडेल्धुरा–डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका डिल्लीराज जोशी र पार्वती झुकाल विजयी भएका छन् । मेयरमा विजयी उनले ३६१९ मत ल्याए ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस विपिका हरि भट्टले ३४२६ मत प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा ३६७८ मतका साथ झुकाल विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी एमालेका यज्ञराज अवस्थीले ३०८५ मत पाएका थिए । त्यस्तै वडा नम्बर १ देखि ७, ९, १० र ११ मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा काँग्रेस विपि विजयी भएको छ।
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको यो निर्वाचनलाई डडेल्धुरा कांग्रेसका पुर्व सभापति कर्ण मल्ल र देउवाबीचको जुंगाको लडाइको रुपमा हेरिएको थियो । पार्टीले कारवाही गरेपछि मल्ल कांग्रेस बिपीको पार्टी भन्दै करुवा चुनाव चिन्ह लिएर चुनावमा होमिएका थिए ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया