बैतडीको दशरथचन्दमा एमालेका पुस्कर विजयी

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् ।
अहिले वडा न. ५ को केही मत गणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनुभन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ । लख्खाभाई २०७४ को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् ।
यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।
एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न.१मा बिष्णु भट्ट, वडा न.२मा सुर्य बोहरा, वडा न.३मा अजव पाण्डेय, वडा न.४मा भानदेव भट्ट, वडा न. ७मा हरीदत्त बडु, वडा न.९मा मोहन देव जोशी, वडा न.११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न.५ मा महेन्द्र कार्की, वडा न.८मा चामुसिंह थापा र वडा न.१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया