आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

टोखामा प्रकाशले पछ्याउँदैछन् कांग्रेसकी रजनीलाई

काठमाडौँ- टोखा नगरपालिकामा मेयरको नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन् । निर्वाचन आयोगका अनुसार थापा ५४ मतले अगाडि छिन् । हालसम्म ४ हजार ३ सय २२ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले ४ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादीका मेयरले उम्मेदवार शेखर श्रेष्‍ठले ६ सय ९५ मत प्राप्त ल्याएका छन् ।

उपप्रमुखमा मुरारी तामाङले ४ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उपप्रमुखमा ज्ञानमाया डंगोलले ३ हजार ९ सय ५४ मत ल्याएकी छिन् ।

हाल नगरपालिकामा मत गणना भइरहेको छ ।