पैयुँ गाउँपालिकामा कांग्रेसका ठकुरी विजयी

काठमाडाै - पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन् । मल्ल तीन हजार ८२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत ल्याएर पराजित भए ।
त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी भएकी छन् । रानाले तीन हजार ७७७ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी उपाध्यक्षका उम्मेदवार कांग्रेसका जानकी प्रधानले तीन हजार ४५८ मत ल्याउनुभएर पराजित भइन्। याे गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जसमा वडा नं १ र वडा नं ७ भोर्लेमा कांग्रेस विजयी भएको छ भने बाँकी ५ वटा वडामा एमाले बिजयी भएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया