कार्मारोङ्ग गाउँपालिका अध्यक्षमा कांग्रेसका छिरिङ्ग क्याप्ने विजयी

मुगु - मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार छिरिङ्ग क्याप्ने लामा विजयी भएका छन् ।
उनले एक हजार ५७१ मत प्राप्त गरी विजयी हुँदै गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सोनाम लामाले एक हजार ४८१ प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एमालेबाट छिरिङ्ग फुटिक लामाले एक हजार ५६१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गुरु स्याङ्गयाप लामाले एक हजार ३८५ मत ल्याउँदै पराजित भएको निर्वाचन अधिकृत ताराप्रसाद पोखरेलले जानकारी दिए ।
अध्यक्षले ९० मत र उपाध्यक्षले १७६ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।
अध्यक्षमा निर्वाचित लामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षको उम्मेदवार हुँदै निर्वाचित भएका थिए ।
निर्वाचितसँगै यो उनको दोस्रो कार्यकाल रहनेछ । गाउँपालिकाका नौ वडाहरूमध्ये ५ वडामा कांग्रेस र ४ वडामा एमालेले जीत हासिल गरेका छन् ।
यो गाउँपालिकामा चार हजार ३१ मतदाता रहेका थिए । जिल्ला अन्य एक नगरपालिका र दुई गाउँपालिकामा मत गणना जारी रहेको छ ।
रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया