निर्णायक खेलमा शिखर, रिषभ र हार्दिकको अर्धशतक
कप्तान कोहली ७ रनमै आउट

काठमाडौँ : इंग्ल्यान्डविरुद्धको निर्णायक तेस्रो एकदिवसीय खेलमा भारतले मध्यम प्रदर्शन गरेको छ । पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरे । भारतका लागि शिखर धवनले अर्धशतक बनाए । रोहित भने ३७ रनमा आउट भए ।
शिखरले ६७ रन बनाए । ५६ बल खेलेका शिखरले १० चौका प्रहार गरे । रोहित, कप्तान विराट कोहली र केएल राहुल चल्न सकेनन् । कोहली ७ रनमै आउट हुँदा केएल राहुल पनि ७ रनमै पेभेलिएन फर्किए ।
भरोसा गरिएका ब्याट्सम्यान रोहित, कोहली र राहुल आउट हुँदा भारतमा दबाब पुग्यो । तर पुछारका ब्याट्सम्यान रिषभ पन्त र हार्दिकले भने भारतको इनिङ सम्हाले । आक्रामक ब्याटिङ गरेका रिषभले पाँच चौका र चार चौकाको मद्धतमा ७८ रन बनाए ।
हार्दिकले पनि अर्धशतक प्रहार गरेका छन् । उनी केहीबेरअघि ६४ रनमा आउट भए । इंग्ल्यान्डका अदिल रशिदले दुई विकेट लिएका छन् ।
तीन खेलको सिरिज एक-एकको बराबरीमा छ । जारी तेस्रो खेले जित्नेले एकदिवसीय सिरिज पनि हात पार्नेछ । यसअघि चार खेलको टेस्ट र पाँच खेलको टी-ट्वान्टी सिरिज गुमाएको इंग्ल्याण्ड एकदिवसीय सिरिज जित्ने प्रयासमा छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया