नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

काठमाडौँ- नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई)को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटरसँग साझेदारी गरेको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्वाध रूपमा भुक्तानी गर्न सक्नेछन् ।
यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो ।
यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापारी यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरुलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आफ्नो खरिदको भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।
त्यसैगरी, नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत यूपीआई आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया