कारको ठक्करबाट दुई महिलाको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

मुस्ताङको घरपझोङले ‘वातावरण र जलवायु’ सम्मेलन गर्ने

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

प्रतिक्रिया