कर्णालीका दुई पालिकामा कांग्रेस-माओवादीका उम्मेदवार विजयी

सुर्खेत - कर्णालीमा दुई पालिकाको मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार एउटा पालिकामा काँग्रेस र अर्काेमा माओवादीका उम्मेदवार विजयी भएका छन् । यी दुवै पालिकामा गठबन्धन गरिएको थियो ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । यहाँ कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।
आज बिहान सकिएको मतगणनाअनुसार कांग्रेसका रावल अध्यक्ष विजयी भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याएका छन्। साथै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन्।
यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उनले १ हजार ८७२ मत ल्याएका छन् । यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए।
यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । दैलेखको नौमुले गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच पाँच सय ४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । यसअघि नौमुले गाउँपालिकाका अध्यमा नेपाली कांग्रेसले जितेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया