आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

भुमा बनिन् गुल्मीको पहिलो महिला वडाअध्यक्ष

काठमाडौँ– गुल्मीको मुसिकोट नगरपालिका वडा–९ को वडाअध्यक्षमा महिला निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी भुमा गुरुङले ४ सय ६६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले ३ सय ८१ मत ल्याएर पराजित भएका छन् । ३९ वर्षीय गुरुङ गुल्मीमा वडाअध्यक्ष जित्ने पहिलो महिला हुन् ।