सावधानीपूर्वक यात्रा गर्न आग्रह

रसुवा : ब्रावलभीर पाखामा डढेलो लागेकोले ढुङ्गा झर्ने सम्भावना बढेको भन्दै स्याफ्रुबेँसी –हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ । बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ । यदि यात्रा गर्नैपर्ने अवस्था आए हो पुर्याई हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।
डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षात्का समयमा झर्न सक्ने ससाना ढुङ्गा खसी नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण गरेको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएको छ ।
लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताए । रासस

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया