जापानी राजदूत र ऊर्जा मन्त्रीबीच भेटवार्ता
जल सम्मेलनमा सहभागिताको लागि आभार

काठमाडौँ- नेपालका लागि जापानका राजदूत किकुता युताकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेका छन्। राजदूत किकुतालेले आज भुषालको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका हुन्।
सो अवसरमा राजदूत किकुताले अप्रिल २३-२४ मा जापानमा भएको चौथो एशिया-प्यासिफिक जल सम्मेलनमा सहभागिताको लागि भुसाललाई धन्यवाद दिए।
भेटमा राजदूत किकुताले नेपाल र जापान बीचको सम्बन्धको महत्वलाई प्रकाश पार्दै द्विपक्षीय सहयोगको लामो इतिहास विशेषगरी कुलेखानी जलविद्युत् आयोजना लगायतका ऊर्जा क्षेत्रमा सन् १९७० को दशकमा भएको उल्लेख गरे । राजदूतले जापान सरकारले हालै 'नेपालका लागि देश विकास सहयोग नीति' परिमार्जन गरेको र 'सन्तुलित र दिगो आर्थिक वृद्धिका लागि सहयोग' नीतिको प्रमुख लक्ष्यका आधारमा नेपालको राष्ट्रिय उपलब्धिमा जापानले सहयोग जारी राख्ने बताए ।
राजदूत किकुताले नीतिअनुरुप ऊर्जा र जल क्षेत्र, मानव संसाधन विकास, विपद् रोकथाम, गरिबी न्यूनीकरणलगायतका सामाजिक तथा आर्थिक पूर्वाधारको विकासमा जापानले सहयोग जारी राख्ने बताए । राजदूत किकुता र मन्त्री भुसालले नेपालको सामाजिक आर्थिक विकास र दुई देशबीचको सम्बन्ध अभिवृद्धिमा थप सहकार्य जारी राख्ने धारणा राखे ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया