ट्रकको ठक्करबाट मुख्यमन्त्री कार्यालयमा कार्यरत असईको मृत्यु

जनकपुरधाम : ट्रकको ठक्करबाट धनुषामा नेपाल प्रहरीका एक जना असइको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गतअन्तर्गत जनकपुर बर्दिबास सडक खण्डमा मिथिला नगरपालिका–१० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा असई मदनजंग कापरको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार बिहान करीब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरतर्फ आउनेक्रममा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।
ठक्कर दिई घटनास्थलबाट फरार भएको ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियाअघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
उनकाअनुसार महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी मृतक असई कापर प्रदेश २ सरकारको मुख्यमन्त्री मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । असई कापरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया