३७ स्थानीय तहले पेश गरेनन् बजेट

काठमाडौँ : ३७ स्थानीय तहले अझै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विवरण पेश नगर्ने सबैभन्दा धेरै प्रदेश नं २ का स्थानीय तह छन् । प्रदेश नं २ मा १ सय ३६ स्थानीय तहमध्ये १ सय ४ वटाले मात्र विवरण पेश गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन् ।
यस्तै बजेट पेश नगर्नेमा प्रदेश नं १ का दुई, प्रदेश नं २ का ३२, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह छन् ।
प्रदेश नं १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम छन् । वाग्मती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिका बाजुरा रहेका छन् । कानूनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गरेका थिए । (रासस)
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

प्रतिक्रिया