आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

२४ घण्टामा थपिए २७५३ संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार शुक्रबार देशभर दुई हजार २ सय ६ जना कोभिड संक्रमणमुक्त भएका छन् । यो सँगै एक लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १७ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । शुक्रबार कोभिडको कारण १८ जनाले ज्यान गुमाएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।