नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्ट अवार्ड २०२२’

काठमाडौँ – निजी क्षेत्रको पहिलो नबिल बैङ्कले ‘नेशनल एचआर एक्सिलेन्ट अवार्ड २०२२’ अवार्ड प्राप्त गरेको छ ।
मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैङ्कलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैङ्कले प्राप्त गरेको हो ।
बैङ्कभित्र रहेको मानव संसाधनलाई बैङ्कले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैङ्कलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।
उक्त अवार्ड नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संसाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।
कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैङ्कलाई‘नेशनल एचआर एक्सिलेन्ट अवार्ड २०२२’ अवार्ड दिने निर्णय गरेको हो ।
बैङ्कमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैङ्कप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैङ्कले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।
बैङ्ककी वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंंक प्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बिच पनि नबिल बैङ्कले स्वास्थ्य मापदण्डको दायरा भित्र कर्मचारी व्यवस्थापन गरिएको थियो ।
नबिल बैङ्कले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैङ्कका १ हजार तीन सय १४ भन्दा बढी कर्मचारीहरू स्थायी रूपमा कार्यरत रहेका छन् ।
नबिल बैङ्कले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया