‘मालिनी’ सोध्छिन् ‘धर्म ठूलो कि मानवता ?’

काठमाडौं : बुद्ध थिएटर फेस्टिभलको चौथो दिन ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो ।
हिन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथामा बनेको नाटकले धर्मभन्दा पनि मानवता ठूलो भएको सन्देश दिन्छ । कथाअनुसार काशीकी राजकुमारी मालिनी हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी छिन् । तर, बौद्ध भिक्षुको सल्लाह अनुसार मालिनी बुद्ध धर्म ग्रहण गर्छिन् ।
तर, यसले काशीमा द्धन्द्ध सिर्जना गर्छ । हिन्दुधर्मका पक्षपाती मालिनीलाई दरबारबाट निकाल्ने अभियानमा लाग्छन् त्यसमा पनि खासगरी केमानकर । उनले धर्मलाई जीवनमरणको सवाल बनाउँछन् र हरहालमा मालिनीलाई देश निकाला गर्नु पर्ने अडान राख्छन् ।
यता मालिनीलाई भने देश छोड्न कुनै समस्या छैन । उनी त देश राज्य सुख सुविधा सबै छाड्ने अभिप्रायले नै बुद्ध धर्ममा लागेकी हुन्छिन् । तर, दरबार त्याग्ने बेलामा उनले गरेका कुराले हिन्दु ब्राम्हण पनि प्रभावित हुन्छन् र मालिनीको अनुयायी बन्छन् ।
यसले केमानकरलाई झन् इखालु बनाउँछ र उनी बाहिरको सेना बोलाएर पनि राज्य आक्रमणको तानाबुना बन्न थाल्छन् । तर, धर्मलाई निरपेक्ष रुपमा हेर्नु पर्छ भन्ने मत राख्ने सुप्रियाको मद्धतले काशीका राजाले केमानकरका सबै षडयन्त्र असफल पार्छन् ।
यो संसारमा धर्मभन्दा पनि ठूलो मानवता हो भन्ने सन्देशसहित नाटकले बिट मार्छ । १ घन्टा समयावधिको नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् । नाटकमा भरत गुरागाइँ, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदार आदि कलाकारले अभिनय गरेका छन् ।
भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ । फेस्टिभलको पाँचौं दिन अर्थात् बिहीबार भने हङकङबाट सहभागी भएको नाटक ‘सिद्धार्थ इन हङकङ’ देखाइनेछ ।

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

पशुपति शर्माले ल्याए व्यंगात्मक गीत 'भ्रष्ट्रलाई देउता मान्ने नै तैँ'

प्रतिक्रिया