लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममा छलफल भएको छ ।
मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई दलबीच पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समिति, समाजवादी मोर्चा लगाएतका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।
छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलबीचको सम्बन्ध, सदनको परिस्थीतिको समिक्षा, समाजवादी मोर्चालाई अघि बढाउने लगाएतका बिषयमा सामान्य छलफल भएको बताए । उनले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउनु सकारात्मक भएको उल्लेख गरे ।
प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस भनेर आफूले निरन्तर पहल गरिरहेकोले रास्वपाले त्यसलाई बुझ्ने जिकिर गरे ।
छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल लगाएत सहभागी थिए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया