वाग्मती सरकारको बजेट खर्च निरासाजनक

हेटौंडा : वाग्मती प्रदेश सरकारले एक आर्थिक वर्षको लागि छुट्टाएको बजेट पूरा खर्च गर्न सकेको देखिएको छ । वाग्मती सरकार गठन भएपछि प्रदेशले हालसम्म चार पटक बजेट ल्याए पनि पूरा बजेट खर्च भने गर्न नसकेको तथ्यांकले देखाएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को फागनु मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालू वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याए पनि ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको हो । यद्यपि अबको ४ महिनामा असारे विकास बजेटमा खर्च आश्चर्यजनक तरिकाले बढ्ने अनुमान देखिन्छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय वाग्मती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेकाअनुसार वाग्मती प्रदेशले चालू आर्थिक वर्ष २०७४/७५ मा कुल बजेटको २६.४१ प्रतिशत बजेट खर्च गरेको थियो ।
१ अर्ब २ करोडको बजेट ल्याएको वाग्मती प्रदेश सरकारले २६ करोड ९४ लाख मात्रै खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको खर्च केही बढेको देखिन्छ । ६० प्रतिशत बजेट आर्थिक वर्ष २०७५/७६ मा खर्च भएको लेखा अधिकृत पाण्डेले बताए ।
आर्थिक वर्ष २०७६/७७ को कूल बजेट ४७ अर्ब ३० करोडमध्ये २७ करोड ९५ लाख खर्च भएको थियो । बजेटको ५९.०८ प्रतिशत प्रदेश सरकारले खर्च गरेको थियो ।
वाग्मती प्रदेश सरकारले बितेको तीन वर्षमा कूल ८२ अर्ब ३५ करोड ४५ लाखको बजेट ल्याए पनि पूरा बजेट भने खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७४/७५ देखि आव ७६/७७ सम्म वाग्मती प्रदेश सरकारले कुल बजेटको ५९.३४ प्रतिशत मात्रै खर्च गरेको छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया