ओलीलाई भेट्न नेकपाका पाँच सचिवालय सदस्य बालुवाटारमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच सचिवालय सदस्य अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । शनिबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल गरेपछि उनहरु ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका छन् ।
शुक्रबार बसेको सचिवालयको अनौपचारिक बैठकले सदस्यहरूले सामूहिक रुपमै सचिवालय बैठक आग्रह गर्ने निर्णय गरेका थिए । अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका थिएनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित थिएनन् ।

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

प्रतिक्रिया