मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

ओलीलाई भेट्नुअघि छलफलमा जुटे नेकपाका पाँच सचिवालय सदस्य

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सिचवालय सदस्य फेरि छलफलमा जुटेका छन् । शनिबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा हुन् । छलफलमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

शनिबार दिउँसो प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सचिवालय सदस्यहरूले सामूहिक रुपमै सचिवालय बैठक आग्रह गर्न लागेका हुन् । ओलीसँग भेट्नुअघि उनीहरु छलफलमा जुटेका हुन् ।

शुक्रबार बसेको सचिवालयकव अनौपचारिक बैठकले सदस्यहरूले सामूहिक रुपमै सचिवालय बैठक आग्रह गर्ने निर्णय गरेका थिए । अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका थिएनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित थिएनन् ।