कांग्रेस नेता थुनिएपछि कास्कीमा तोडियो गठबन्धन

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।
आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए ।
उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए । यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो ।
अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् । गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया