भारतबाट सस्तो आलु भित्रिँदा किसानले भाउ पाएनन्

सर्लाही : उत्तर-पश्चिम क्षेत्रमा सयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बीउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् । छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो ।
लामो समयदेखि व्यावसायिक रुपमा आलुखेती गर्दै आएको वाग्मती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यसवर्ष दुई बिघा क्षेत्रफलमा आलुखेती गरेका छन् । उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँ आलु बिक्री गरेका छन् । महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष छ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको उहाँले बताउनुभयो । महतोका अनुसार यसवर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।
त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यसवर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे । ‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौँ,' उनले भने, 'यो वर्ष १५ रुपैयाँमा बेच्नु पर्यो, लागत र परिश्रम उठेन ।' आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा एक हजार ४०० देखि एक हजार ८०० रुपैयाँसम्म किनेको उनको भनाइ छ ।उनका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् ।
सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्रिसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करीब एक हजार ४०० हेक्टरमा आलुखेती हुने गरेको छ । यस वर्ष मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ ।
यस क्षेत्रका किसानले मकैलगायतको बालीमासमेत घुसुवा बालीको रुपमा आलु उत्पादन गर्दै आएका छन् । सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा शीत भण्डारणको लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे ।
सिजनको अन्तिममा गोलभेँडाले मूल्य पायो
जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडाले सिजनको अन्तमा मूल्य पाएको छ । केही हप्तादेखि अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएको भन्दै जिल्लाका तरकारी उत्पादक किसान खुशी भएका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको लालबन्दी तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट २५० रुपैयाँदेखि ३०० रुपैयाँ र उन्नत जातको गोलभेँडा ४०० रुपैयाँमा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताए । 'केही दिन अगाडि सोही बजारमा प्रतिक्रेट १५० रुपैयाँदेखि २०० रुपैयाँमा गोलभेँडा बिक्री भइरहेको भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजार मूल्य अकाशिएको,' कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताए । रासस

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया