छिचोलियो सलीसल्लाको भीर : सडक सञ्जाल हुम्लाका चार गाउँपालिका
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले हुम्लाका चार गाउँपालिका छोएको छ । यसअघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोइसकेको थियो । कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्लाखण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भाग नेपाली सेनाको विकास निर्माण दलले छिचोलेको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिए । उनका अनुसार चट्टानको लेवल मिलाउने, पर्खाल लगाउने र ग्याबिन भर्ने कामसमेत सुरु भएको छ ।
यहाँको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाबीच कर्णाली करिडोरअन्तर्गत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भिर छिचोलिएपछि जिल्लाका चार वटा गाउँपालिका जोडिएको छ । जिल्लाकै अतिअप्ठ्यारो र चट्टानैचट्टान भएको सो क्षेत्रको भिर नेपाली सेनाले डेढ वर्षमा छिचोल्न सफल भएको हो ।
सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताए । उनले भने, ‘अब हाम्रो गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, विभिन्न खाद्य वस्तुदेखि भौतिक निर्माणका सामग्री सहज र सस्तोमा भित्राउन सकिने भएकोमा हामी खुशी छौँ, सेनालाई धेरैधेरै धन्यवाद ।’
अझै करिब ६०० मिटर लम्बाइ भएको सो भीरका चट्टान फुटाउन कामदारले शरीरमा डोरी बाँधेर काम गरिरहेका छन् । २० मिटर चट्टान विष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भिरमा ट्रयाक खोल्ने कार्य पूरा भएको छ ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको सडकमध्ये कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको २७ किलोमिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण गरिरहेको छ । सो क्षेत्रमा चैतभित्र ट्रयाक खोलिसक्ने र असारसम्म गाडी गुडाउनयोग्य बनाइने सेनाले जनाएको छ । रासस

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया