निर्वाचन चिन्ह माग गर्दै दायर रिटमा अन्तरिम आदेशबारे छलफल

काठमाडौँ - निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो ।
मुद्दाको पक्ष पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।
विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।
रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।
उनले ९ चैतमा रिट सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै आज अन्तरिम आदेशबारे छलफलमा बोलाएका थिए ।
राष्ट्रिय पार्टी हुन नसकेका पार्टीहरूलाई निर्वाचन आयोगले पार्टीको निर्वाचन चिन्ह नदिने प्रष्ट पारेपछि खरेल सर्वोच्च पुगेका हुन् ।
उनको पार्टी हालै गठन भएको हो । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुने उक्त पार्टीको तयारी छ । तर, संगठन देशव्यापी रूपमा विस्तार भएकै छैन ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया