मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

'पार्टीभित्र समीकरण बनाउने कुरा घातक'

काठमाडौं : सत्तारुढ नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रको समीकरण निर्माण र त्यसले निम्त्याएको संकटबारे अगुवा नेता⁄कार्यकर्ताले चासो र चिन्ता व्यक्त गरेका छन् । काठमाडौं-५ का अगुवा कार्यकर्तासँग शुक्रबार अन्तर्क्रिया गर्दै पोखरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सो अवसरमा पोखरेलले पार्टी केन्द्रको विवाद र असहज परिस्थितिले निम्त्याएको अन्यौलताबारे कार्यकर्ताले राखेको चासोलाई पनि सम्बोधन गरे ।

 ‘पार्टी एकतालाई सुदृढ गर्नका लागि स्थायी कमिटीका निर्णयलाई विनासर्त कार्यन्वयन गर्नुपर्ने थियो, त्यसो नभएर फेरि पार्टीभित्र समीकरण बनाउने जुन प्रयास र खेल भयो त्यो  ठिक भएन’, उनले भने,‘पार्टी एकताका निम्ति समीकरण बनाउने कुरा घातक हुन्छ।’