रोलिङ प्लान्सले ल्यायो बहुउद्देश्यीय अनलाइन सेवा

काठमाडौं : रोलिङ प्लान्स प्राइभेट लिमिटेडले बहुउद्येश्यीय अनलाइन सेवा सुरु गरेको छ । कम्पनीले ईकमर्शसँगै विभिन्न सुविधासहितको व्यवसायिक पोर्टल सार्वजनिक गरेको हो ।
६ महिना लामो सफल परिक्षण पछि रोलिङ नेक्सस डट कमको औपचारिक सुरुवात गरेको हो । ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा 'नयाँ सम्भावनाहरुको सञ्जाल' लिएको छ । यो सञ्जालको अवधारणालाई मुख्यत ४- ई को सिद्धान्त अनुरुप सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।
रोजगारी, उद्यमशीलता, सशक्तीकरण र संलग्नतालाई उल्लेख छ । यसले रोजगारी सृजना तथा प्रवद्र्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धिको सुविधा दिन्छ । पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यावसायिक वृद्धी गर्ने कम्पनीले जानकारी दिएको छ ।
महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्र्धन गर्ने बताएको छ ।
समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्म । व्यवसायिक बाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जन दिने समेत कम्पनीले जानकारी दिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया