शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

१५ केजी गाँजासहित तीन पक्राउ

जनकपुरधाम : प्रहरीले सर्लाहीमा १५ केजी गाँजा सहित तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा अटो चालक लालबन्दी नगरपालिका-१७ का ४५ वर्षीय पुष्प बहादुर फुँयाल, अटोमा सवार ४० वर्षीय सुरेन्द्र कुमार बल र वडा नं. १४ का ४१ वर्षीय पाल्साङ पाख्रीङ रहेको छ ।

तीनै जनालाई विशेष सुराकीको आधारमा लालबन्दी नगरपालिका वडा नं. १७ रानीगन्जस्थित परवानीपुर देखी रानीगन्ज तर्फ चलाई ल्याइएको ज.१ ह. ४६०९ नं. को अटोलाई चेकजाँच क्रममा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

उनका अनुसार अटोभित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा र बलको साथबाट २५ हजार रुपैया बरामद गरेको हो । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान थालेको सर्लाही प्रहरीले जनाएको छ ।