पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नवलपुर - नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।
नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकोले बुधबार राति १२ः३० बजे तनहुँ कारागारमा राखिएको उनले बताए । कलाकार शाहलाई तनहुँका अतिरिक्त् पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।
एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पद्धार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएका थिए । त्यसपछि चैत्र ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।
शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षको लागि तनहुँ कारागारमा राख्न भएको आदेश विरुद्ध चैत्र १५ निवेदन दिएका थिए । निवेदनमा पुर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया