भागरथी हत्या प्रकरण : अभियुक्तले बयान फेरे

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त दिनेश भट्टले आफ्नो बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका बुवा दीपकप्रसाद भट्टले दाबी गरेका हुन् । ‘सुधार गृहमा पुगेपछि फोनमा कुराकानी गर्दा मैले हत्या गरेको होइन् भन्यो,’ उनले भने, ‘शनिबार दीपायल गएर भेटेको थिएँ । त्यसबेला डरले भनेको हुँ मैले हत्या गरेको होइन भन्यो ।’
आफूले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण हत्या स्वीकारेको बताएको अभियुक्तका बुवा भट्टले बताए । उनले अगाडि भने, ‘विद्यालयबाट घर फर्कने बेला भागरथीलाई मारेको देखेको र कसैलाई भनेमा तिम्रो बुवा र भाईलाइसमेत मारिदिन्छु भन्ने धम्की दिए अनि झुटो बोलेको भन्यो ।' भागरथीको हत्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दाबी गरेको उनका बुवाले बताएका छन् ।
यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वकिलको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको अर्थ नरहेको बताए ।
घटना दिनेशले नै घटाएको हो भन्ने प्रमाण प्रहरीसंग रहेको दाबी उनको छ । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया