कोभिड-१९ बढेपछि भारतबाट स्वदेश फर्किन थाले नेपाली

धनगढी : डोटीका पूर्वीचौकीका खडक ओली कोभिड प्रभाव कम हुँदै गएपछि चार महिनाअघि मात्रै भारत पसेका थिए । तर भारतमा फेरी कोभिड संक्रमण बढ्न थालेपछि शनिबार उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन् ।
‘भारतमा कोभिडको संक्रमण फेरी बढेपछि लकडाउनको हल्ला चलेको छ,’ उनले भने, ‘हामी बस्ने पुनामा त झनै कोभिड बढेको छ । त्यसैले भारत गएको चार महिनामै घर फर्किनु पर्यो ।’उनले यसअघि बैशाखमा भारतबाटै घर फर्किदा निकै सास्ती खेपेका थिए । उनले अगाडि थपे, ‘विगतको जस्तो सास्ती नहोस भनेर अहिले नै घर फर्किएको हुँ ।’
कैलालीको गौरीगंगाका अनिल सिंह पनि शनिबार गौरीफन्टा नाकाबाटै घर फर्किएका छन् । भारतका विभिन्न शहरमा लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए । ‘नयाँ वर्ष पनि नजिकै आइरहेको छ,‘ उनले भने, ‘त्यहाँ कोभिड फेरि बढिरहेको छ । लकडाउन गर्ने हल्ला पनि चलेको छ । त्यसैले घर फर्किएको हुँ ।’
उनी पनि गत बैशाखमा लकडाउन भएका बेला घर फर्किएका थिए भने पुसमा फेरि भारत गएका थिए । कोभिड महामारीको सुरुवाती अवस्थामा पश्चिमी सीमा नाकाबाट झण्डै चार लाख नेपाली स्वदेश फर्किएका थिए । गत पुससम्म मात्रै सोही संख्यामा नेपाली फेरि भारत पसेका थिए ।
पछिल्लो समय भारतमा ह्वातै कोभिड भाइरस संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिडको संक्र्रमण अस्वाभाविक रूपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा पनि भइरहेको छ ।
भारतमा कोभिड बढेपछि सीमा क्षेत्रमा पछिल्लो घर फर्किने नेपालीको संख्या बढिरहेको सीमामा रहेको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले बताए । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया