शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ – पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् ।

चैत ६ गतेदेखि ग्यासको पीडीओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । 

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो ।