मागहरुकाे सम्बाेधन १५ दिनभित्र गर्न निगम सहमत

काठमाडाैँ – नेपाल आयल निगमले व्यवस्थापन र समन्वय समितिका पदाधिकारीले अघि सारेका मागहरुकाे १५ दिनभित्र सम्बाेधन गर्न सहमत भएकाे छ ।
शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्ता तथा छलफलमा मागहरुकाे १५ दिनभित्र सम्बाेधन गर्न सहमति भएकाे हाे ।
मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएकाे निगमले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया