शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अभिमुखीकरण तालिम लिएर विदेश गएकाले दोहोर्‍याएर तालिम लिनु नपर्ने

काठमाडौं – अभिमुखीकरण तालिम लिएर विदेश गएकाले पुनः तालिम लिनु नपर्ने श्रम, रोजगार तथा सामाजिक मन्त्री किसान श्रेष्ठले बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कृष्णकुमार श्रेष्ठले दोहोर्याएर तालिम लिनु नपर्ने जनाएका हुन् । 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था थियो ।

एकपटक वैदेशिक रोजगारीमा गई फर्केका र उही काममा जाने श्रमिकलाई अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने यसअघिको व्यवस्था आजदेखि नै  हटाइएको हो।

सम्बन्धित समाचार 

वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिमविना नै प्रमाणपत्र