तेह्रथुममा ७२ हजार जना मतदानका लागि योग्य

तेह्रथुम – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तेह्रथुमबाट ७२ हजार आठ सय ९५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताहरूले निर्वाचनमा सहभागी हुन पाउने छन् ।
कार्यालयको तथ्यांङअनुसार आठराई गाउँपालिकाबाट १४ हजार एक सय ३०, छथर गाउँपालिकाबाट १२ हजार ३१, फेदाप गाउँपालिकाबाट १२ हजार आठ सय ९५, मेन्छ्यायेम गाउँपालिकाबाट ६ हजार तीन सय ५५, म्याङलुङ नगरपालिकाबाट १४ हजर सात सय ३७ र लालीगुराँस नगरपालिकाबाट १२ हजार सात सय ४७ जनाले मतदान गर्न पाउने छन् ।
जसमध्ये ३६ हजार नौ सय ७३ पुरुष र ३५ हजार नौ सय २२ महिला छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ मतदान स्थल र ९५ मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले जानकारी दिए ।
निर्वाचनका लागि म्याङलुङ नगरपालिकामा महेन्द्रप्रसाद पोखरेल, लालीगुराँस नगरपालिकामा मदनप्रसाद पराजुली, आठराई गाउँपालिकामा पारसमणि पोखरेल, फेदाप गाउँपालिकामा ईन्द्रकुमार श्रेष्ठ, छथर गाउँपालिकामा टेकप्रसाद पुलाम र मेन्छ्यायेम गाउँपालिकामा पुष्पराज बराल निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । तेह्रथुममा ४३ वडा छन् ।

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_GRD8Wu6SqS_1fpkfmtrnioj0krtaya0oi58iacbejsboanrj2k3j49otto3magd4yyildug.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया