माेटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते

सर्लाही - सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् ।
साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा माेटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय ताैखिन मिकरानीकाे मृत्यु भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेकाे माेटरसाइकल सडक छेउमा रहेकाे बिजुलीकाे पाेलमा ठाेकिएकाे थियाे ।
दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए । माेटरसाइकलमा सवार साेही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।
मिकरानीकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया